बलिङमा पनि नेपालको दमदार सुरुवात - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

बलिङमा पनि नेपालको दमदार सुरुवात



काठमाडौँ – मलेसियामा भइरहेको यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले बलिङतर्फ पनि उत्कृष्ट सुरुवात गरेको छ।

नेपालको कसिलो बलिङबाट सिङ्गापुरका ओपनर व्याट्सम्यान आर्नव चब्रिया रन आउट भएका छन्। उनी ११ बलमा २ रन बनाएर आउट भएका छन्।

त्यस्तै कुशल मल्लले नेपाललाई दास्रो सफलता दिलाउने क्रममा एक विकेट लिएका छन्। उनले सिंगापुरका अपन देसाईलाई आउट गरका छन्। उनी दुई बल खेल्दै एक रन बनाएर आउट भएका छन्।

नेपालले दिएको २८३ रनका लक्ष्य पछ्याइरहेको सिंगापुरले हालसम्म १२ ओभरको समाप्तीमा २ विकेट गुमाएर जम्मा २४ रन बनाएको छ।