माधव नेपालले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

माधव नेपालले डाकेको केन्द्रीय कमिटी बैठक स्थगित



काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले भोलिका लागि बोलाएको केन्द्रीय कमिटि बैठक स्थगित भएको छ । उनले भोलि बुधबारका लागि बैठक बोलाएका थिए ।

नेता नेपालले बोलाएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक पर्सीका लागि सारिएको बताइएको छ । भोलि बुधबार बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्नेगरी बैठक आह्वान गरिएको थियो।

एक नेताका अनुसार जिल्लाबाहिरका सदस्यहरु आउन समय लाग्ने र आवश्यक तयारीका लागि बिहीबारका लागि सारिएको बताएका छन् । यधपी केहि नेताहरूले भने ओलीसंग छलफल गर्नका लागि बैठक सारिएको बताएका छन् ।

एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्। नेपालले सोमबार आफूपक्षीय स्थायी कमिटीका नेताहरूसँग छलफल गरेका थिए।