एमाले समाजवादीको केन्द्रीय सदस्य पद प्रदीप नेपालद्वारा अस्वीकार
काठमाडौं- एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य नेता प्रदिप नेपालले अस्विकार गरेका छन् । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि नेता नेपालले सो पद अस्विकार गरेका हुन् ।
केन्द्रीय सदस्यको नाम सार्वजनिक भएपछि नेता नेपालले सामाजिक संजालमार्फत आफू कुनै समूहमा नरहेको स्पष्ट पारेका छन् । केन्द्रीय सदस्यमा राखिएका नामबारे नेता नेपालले आफू त्यसमा नरहेको बताएका छन् ।
केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाएका छन् ।
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन् ।