नेपाललाई अर्को पिडा, चिनले भन्यो- सगरमाथा चीनको सम्पत्ति हो - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

नेपाललाई अर्को पिडा, चिनले भन्यो- सगरमाथा चीनको सम्पत्ति हो



काठमाडौं- भारतले नेपाली भुमी अतिक्रमण गरिरहेका बेला उता चिनिया समाचार माध्यमले नेपालको सर्वोच्च शिखर सगरमाथा चीनको भएको दाबी गर्दै समाचार प्रकाशन गरेको छ ।

एकातिर भारतले नेपालको भूभाग मिचेको विषयमा चर्किएको माहोल चीनको राष्ट्रिय मिडियाले सगरमाथालाई चीनको भएको भन्दै समाचार नै दिएपछि माहोल तात्ने पक्का छ ।

आइतबार चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको छ ।

सर्वोच्च शिखर सगरमाथाका केही तस्वीरसमेत राखेर सीजीटीएनले सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरेको छ ।

चिनियाँ मिडिया सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको थियो ।

सन् १९५० को दशकमा भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

अमेरिकाको नेश्नल जिओग्राफिक सोसाइटीले सन् १९९९ मा जीपीएसको सहायताले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको निष्कर्ष निकालेको थियो ।

त्यसलाई नेपालले स्वीकार नगरेपछि सन् २००५ तिर चिनियाँ नापीको टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालेको थियो । सन् २०१० तिर फेरि सगरमाथाको उचाइ पुनः ८ हजार ८ सय ४८ मिटर नै हो भन्ने सहमति जुटाइयो ।