ओलीलाई नेपाल समूहले दियो दुई बुँदे अल्टिमेटम - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओलीलाई नेपाल समूहले दियो दुई बुँदे अल्टिमेटम



काठमाडौं- नेकपा एमालेका माधवकुमार नेपाल समूहको आन्तरिक बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई बुँदे अल्टिमेटम दिएको छ ।

नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् । नेता योगेश भट्टराईका अनुसार सोमबार बिहान ९ बजेसम्म ओलीले दुई बुँदामा सहमति गर्नुपर्नेछ ।

दुई बुँदा अनुसार २०७५ जेठ २ गतेको अवस्थामा फर्किने र फेरि पार्टी सहमतिका साथ सञ्चालन गर्ने प्रतिवद्धता आए संसद्मा उपस्थित हुने नभए गम्भीर निर्णय गर्ने निष्कर्ष निकालेको नेता योगेश भट्टराईले जानकारी दिए ।