नेपाल वायुसेवा निगमद्वारा दिल्ली-काठमाडौं उडान बढाउने योजना - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

नेपाल वायुसेवा निगमद्वारा दिल्ली-काठमाडौं उडान बढाउने योजना



नयाँ दिल्ली 

नेपाल वायुसेवा निगमले अब हप्तामा १४ ओटा उडान भर्ने  योजना  रहेको बताएका छन्  ।

निगमकी  उप -निर्देशक अर्चना खड्काले  भारत क्षेत्र सधै पहिलो प्राथमिकतामा पर्ने बताउदै दिल्ली -काठमाडौं दिनमा २ पटक उडान भर्ने   योजना रहेको बताईंन । निगमले अहिले हप्तामा १० ओटा नियमित उडान भर्दै आएको छ ।

होटल द पार्कमा आयोजित रात्रीभोज कार्यक्रममा भारतका लागि नेपाल वायु सेवा निगमका दिल्ली स्टेसन  प्रबन्धक टंक बहादुर भण्डारीले  निगमलाई सहयोग गरी यात्रुहरुको पहिलो प्राथमिकतामा परेको भन्दै  सबै प्रति आभार प्रकट गर्दै सुझाव सल्लाहको अपेक्षा रहेको बताए  । उनले अप्रिल २०१७ देखि मार्च २०१८ सम्म  करिब ६२  हजार यात्रुहरुले दिल्ली काठमाडौं यात्रा गरेको थप  बताए ।

कार्यक्रममा नेपाली राजदूतावासको सुरक्षा निकायदेखि राजनैतिक काउन्सेलर  , कर्मचारी, पत्रकार, बुद्धिजिबि र रेमिटेन्स क्षेत्रमा कार्यरत बैंकका प्रतिनिधिहरूको उपस्थिति थियो।