चरम संकटमा नेपाल एयरलाइन्स - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

चरम संकटमा नेपाल एयरलाइन्स



काठमाडौं- नेपाल एयरलाइन्सले आफ्नो आम्दानीको मूख्य स्रोत ९० प्रतिशत कम भएको जनाएको छ । आम्दानी घटेको भन्दै एयरलाइन्सले १ सय ४५ जना कर्मचारी कटौति गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा निगममा जम्मा १ हजार ४९१ जना कर्मचारी रहेकोमा ४ सय ७८ जना करार सेवामा थिए । जसमध्ये एयरलाइन्सले १ सय ४५ जना कर्मचारीको करार सम्झौता नगर्ने निर्णय गरेको हो ।

नेपाल एयरलाइन्समा सामान्य सेवा विभागमा १ सय ५५ जना, बिमान मर्मतमा १ सय ९ जना, सामान्य प्राविधिक ३४ जना र उडान सञ्चालनमा १ सय ८० जना कर्मचारी कार्यरत थिए ।

एयरलाइन्सका अनुसार ग्राउण्ड ह्याण्डलिङबाट हुने आफ्नो आम्दानीको मूख्य स्रोतको ९० प्रतिशत घटेको छ । जसकारण खर्च कटौती गर्नका लागी करार अवधि समाप्त भएका कर्मचारीको करार सम्झौता नविकरण नगरिएको निगमले जनाएको छ ।

एयरलाइन्सका अनुसार १ सय ४५ जनाको करार सम्झौता नविकरण नगर्दा निगमको खर्च ५ करोड रुपैयाँ जोगिने छ । असार मसान्तमा करार अवधि सकिएका २ सय २५ कर्मचारीमध्ये निगमले ८० जनाको मात्र नविकरण गरेको छ ।