निजी मेडिकल कलेजमा नेपाल एसियामै अगाडि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

निजी मेडिकल कलेजमा नेपाल एसियामै अगाडि



काठमाडौं : निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन्।

चीन र उत्तर कोरियाबाहेक श्रीलंका, सिंगापुर, म्यानमार, कुवेत, इजरायल, उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र तुर्केमिस्तानमा शतप्रतिशत मेडिकल कलेज सरकारी रहेको समाचार नयाँ पत्रिका दैनिकमा छ। नेपालमा भने सञ्चालनमा रहेका २१ मध्ये तीन मात्र मेडिकल कलेज सरकारी लगानीका हुन् । यसरी नेपालका ८६ प्रतिशत मेडिकल कलेज निजीस्तरमा सञ्चालित छन्।

छिमेकी भारत र पाकिस्तानका समेत करिब आधा मेडिकल कलेज सरकारी छन् । त्यस्तै, थाइल्यान्ड, मंगोलिया, भियतनाम, इरान, टर्कीमा नगन्य मात्रामा निजी मेडिकल कलेज छन् । तर, कतार, बहराइन, यमनलगायतका देशमा भने शतप्रतिशत कलेज निजी छन्।