नेपाललाई ८७ रनको लक्ष्य - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपाललाई ८७ रनको लक्ष्य



काठमाडौं । थाइल्यान्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ८७ रनको विजय लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको हङकङले ३२ दशमलब २ ओभरमा अलआउ हुँदै ८६ रन बनाएपछि नेपालले ८७ रनको विजय लक्ष्य पाएको हो ।

हङकङका लागि आरुष भगवतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । २० रन अतिरिक्त पाएको हङकङका बिज्र नारिनले ८, आहन त्रिबेदीले ५, राउनक्यु र मुद्धासरले ४ रन बनाए । हङकङका खेलाडीलाई सस्तैमा समेट्न नेपालकानिखिल सिंहले सर्वाधिक ४ विकेट लिए ।

बिशालकुमार पटेल र रमेश कुर्मीको २–२ विकेट लिदाँ तिलक राज भण्डारीले १ विकेट लिए । ८७ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

नेपाल समूह ए को विजेता हो । नेपालले यसअघि मलेशिया र म्यानमार माथि जित निकालेको थियो । थाइल्यान्डसँगको खेल वर्षाका कारण रद्ध गरिएको थियो । म्यानमारलाई ७ विकेटले पराजित गरेको नेपालले मलेसिया माथि ३९ रनको जित निकालेको थियो ।