नेपाली रुपैयाँभन्दा सस्तो बन्यो पाकिस्तानी मुद्रा - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

नेपाली रुपैयाँभन्दा सस्तो बन्यो पाकिस्तानी मुद्रा



काठमाडौं -प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लुमबर्गका अनुसार पाकिस्तानी मुद्रा एसियाको सबैभन्दा कमजोर भएको छ।

पछिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशतभन्दा बढी गिरावट आएपछि पाकिस्तानी मुद्रा एसियाका शीर्ष १३ मुद्राभन्दा कमजोर बनेको हो।

दैनिक पत्रिका जंगको एक रिपोर्ट अनुसार पाकिस्तानी रुपैयाँमा मे महिनामामात्र २९ प्रतिशतको गिरावट आएको थियो।

पाकिस्तानको मुद्रामा गिरावट आइरहँदा नेपाल, अफगानिस्तान र बंगलादेशको मुद्रा स्थिर छ।

अमेरिकी एक डलरको अफगानी मुद्रा ७९ हुन्छ, भारतीय रुपैया ७० हुन्छ, बंगलादेशी टका ८४ हुन्छ भने नेपाली रुपैयाँ ११२ हुन्छ।

पाकिस्तानी मुद्रा नेपालभन्दा पनि कमजोर देखिएको छ। १४८ पाकिस्तानी रुपैयाँ बराबर एक अमेरिकी डलर हुन पुगेको छ।

पाकिस्तानी मुद्रामा गिरावट छाउँदा बिहिबार पाकिस्तानी सेयर बजारमा उथलपुथल मच्चिएको छ।

मुद्रामा आएको स्खलनले सेयर बजार शुक्रबार ८ सय अंकले घटेको जनाइएको छ। यो गिरावट पछिल्लो डेढ दशक यताकै सबैभन्दा खराब भएको जनाइएको छ। एजेन्सी