नेपाल र नेदरल्याण्ड्स भोलि पहिलो खेल, यस्तो छ तयारी - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

नेपाल र नेदरल्याण्ड्स भोलि पहिलो खेल, यस्तो छ तयारी



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवार पहिलो वान डे इन्टरनेशनल ओडिआई क्रिकेट खेल खेल्दैछ। २ दशक भन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहास रहेको नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेल्न लागेको हो।

गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्ड कप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन भित्र पर्दै पहिलो पटक ओडिआई नेशनको स्ट्याटस पाएको साँढे दुई महिनापछि नेपालले ऐतिहासिक सिरिज खेल्न लागेको हो।

नेपाल र नेदरल्याण्ड्सबीच यही बुधवार र शुक्रवार गरी ५० ओभरको दुई खेल हुनेछ।

जिम्बावेमा पछिल्लो पटक नेपालले ५० ओभरको खेल नेदरल्याण्ड्सँग नै खेलेको थियो र ओडिआई यात्रा पनि नेदरल्याण्ड्ससँग खेल्दै सुरु गर्न लाग्दै छ।

नेपाल र नेदरल्याण्ड्स नौलो प्रतिद्वन्दी भने होइन। ५० ओभर र टी-२० मा पनि नेपाल र नेदरल्याण्ड्सले खेलिसकेका छन्। नेपालले दुवै फर्म्याटको खेल नेदरल्याण्ड्समा गएर खेलिसकेको छ। यस पटक पनि दुवै खेल नेपालल नेदरल्याण्ड्समा खेल्दैछ।

यसअघि ५० ओभरमा नेपाल र नेदरल्याण्ड्सले एकआपसमा ५ खेल खेलिसकेका छन्। जसमा नेदरल्याण्ड्सले ३ खेले जितेको छ भने नेपाल २ पटक विजयी भएको छ। सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकप क्वालिफायरको प्लेअफ खेलमा नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भएको थियो।

यस्तै सन् २०१५ मा नामिबियामा भएको डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। २०१५-१७ को वर्ल्ड क्रिकेग लिग च्याम्पियनसिप अन्तर्गत दुवैले एक-एक खेल जितेका थिए।

यसैवर्ष मार्चमा जिम्बावेका भएको वर्ल्डकप क्वालिफायरको प्लेअफमा नेदरल्याण्ड्सले नेपाललाई ४४ रनले पराजित गरेको थियो।

 

२०१४ वर्ल्डकप क्वालिफायर

नेपाल १७१/९ (५० ओभर) नेदरल्याण्ड्स १७२/३ (३१.५ ओभर)

नेदरल्याण्ड्स ७ विकेटले विजयी

२०१५ डिभिजन-२

नेदरल्याण्ड्स १५८/१० (४९.५ ओभर) नेपाल १५९/८ (४९.३ ओभर)

नेपाल २ विकेटले विजयी

२०१६ डब्लुसिएल

नेपाल ९४/१० (३८.१ ओभर) ९६/३ (१६.५ ओभर)

नेदरल्याण्ड्स ७ विकेटले विजयी

२०१६ डब्लुसिएल

नेपाल २१७/९ (५० ओभर) १९८/१० (४८.३ ओभर)

नेपाल १९ रनले विजयी

२०१८ वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स १८९/९ (५० ओभर) १४४/१० (४४.४ ओभर)

नेदरल्याण्ड्स ४५ रनले विजयी

 

नेपाली टिम:

पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, मोहम्मद आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल

वैकल्पिक खेलाडी:

विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला, सुसन भारी