सुवास नेम्वाङले भने: ओली कमरेडको ठुलो धोको थियो, तर पुरा भएन - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सुवास नेम्वाङले भने: ओली कमरेडको ठुलो धोको थियो, तर पुरा भएन



काठमाडौं- नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टीनिकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघको भेलालाई सम्वोधन गर्ने अध्यक्ष केपी शर्मा ओलीको ठुलो धोको रहेको तर पुरा नभएको बताएका छन् ।

नेता नेम्वाङले आफूले गरेकाे सम्बोधनमा ओलीको प्रतिनिधित्व गरेको बताए ।एमाले अध्यक्ष ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको भेलामा अन्तिम समयमा उनी सहभागी भएका थिएनन्।

‘अध्यक्ष कमरेड केपी ओली आफैलाई यो भेलालाई सम्बोधन गर्ने ठूलो धोको थियो तर तपाईहरुलाई थाहा छ उहाँ आउन नसक्नुको कारण’, उनले थपे, ‘कमरेड ओलीले मलाई पठाउनुभयो।’

देउवा सरकारले दल विभाजनसम्बन्धी ल्याएकाे अध्यादेश र ओली सरकारले ल्याएकाे अध्यादेशमा धेरै अन्तर रहेकाे बताउँदै नेम्वाङले भने, ‘हाम्राे सरकारले ल्याएकाे अध्यादेश चार दिनसम्म रहँदा पनि पार्टी फुटेनन् तर याे सरकारले ल्याएकाे अध्यादेशले क्षणभरमै पार्टी फुटे।’

दोस्रो तहका तेस्रो धारका नेताहरुको आग्रहमा ओली कानुन व्यवसायी संघको भेला सहभागी भएका थिएनन्। पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरित बैठक बोलाइएको भन्दै तेस्रो धारका नेताहरुले कानुन व्यवसायी संघको भेलामा नजान आग्रह गरेका थिए।

कानुन व्यवसायी संघका इन्चार्ज समेत रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए।