नेम्वाङले भने - प्रचण्डसँगको छलफल सकारात्मक भयो - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

नेम्वाङले भने – प्रचण्डसँगको छलफल सकारात्मक भयो



नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (माओवादी केन्द्र) सँगको छलफल सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् । नयाँ बानेश्वरमा बिहीबार बेलुकी दुई पार्टीका शीर्ष नेताबीचको भएको छलफल सकारात्मक तर निष्कर्षमा नपुगिएको नेम्वाङ बताएका हुन् ।

‘एमसीसी, राष्ट्रिय विषय र सदनको गतिरोध हटाउनेलगायत विषयमा कमरेड प्रचण्डहरूसँग सकारात्मक छलफल भयो र त्यसलाई निरन्तरता दिने कुरा भयो,’ उनले भने, ‘विगतका कुराहरूदेखि अहिलेसम्मका समीक्षा गरियो । अहिले नै निष्कर्षमा पुगिएको छैन’

बैठकमा बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी थिए ।

‘दाहाललगायतका अरु नेतासँग निकै लामो समय छुट्टाछुट्टै र सामूहिकरूपमा कुराकानी भयो । धेरैपछि शीर्ष तहमा धेरै गम्भीरतापूर्वक कुराकानी भएको हो,’ उनले भने, ‘प्रचण्ड कमरेडहरूसँग छलफल सुरु भएको छ ।’ एमाले-माओवादीको छलफलअघि कांग्रेस र एमालेबीच बानेश्वरमै छलफल भएको थियो