नेपाल समूहसँग वार्ता गर्न ओलीले पौडेल र नेम्वाङलाई खटाए
काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई माधव नेपाल समूहसँग वार्ताका लागि खटाएका छन ।
नेकपा एमाले विभाजनको नजिक पुगेको समयमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट वार्ता गर्नका लागि टोली खटाएका हुन्।
नेपाल समुहका सांसदहरूले राजीनामाको लागि हस्ताक्षर गरिसकेका बेला ओलीले वार्ताका लागि टोली खटाएका हुन् । ओलीका प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन् ।
यसअघि पौडेल र नेम्वाङले माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।