सर्वोच्चको फैसला लगत्तै सुवास नेम्वाङले बोली फेरे - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सर्वोच्चको फैसला लगत्तै सुवास नेम्वाङले बोली फेरे



काठमाडौ- सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेलगत्तै नेकपाका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र सुवास नेम्वाङले बोली फेरेका छन् । एक अनलाइनले लिएको प्रतिक्रियामा उनले आफूले भनेको कुरा अदालतले स्थापित गरेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि निकै समय गुमनाम बसेका नेम्वाङले केहि सभाहरूमा प्रधानमन्त्रीले चालेको कदम संविधानसम्मत रहेको बताएका थिए । तर सर्वोच्चको फैसला लगत्तै भने उनले बोली फेरेका छन् ।

अहिले भने नेता नेम्वाङले आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा फैसलाबाट स्थापित भएको समेत बताएका छन्। उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई जे भनेको थिएँ त्यो स्थापित भयो, मुख्यत: सम्मानित अदालतले फैसला गरेको छ। संसद् विघटनलाई बदर गरेको छ। त्यो अदातलको फैसलालाई मान्दै अगाडि बढ्नुपर्छ।’

तपाईंको छविमा दाग लाग्यो नि ? भन्ने प्रश्नमा उनले यसको खण्डन नगर्ने बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुअघि मैले आफ्ना राय प्रधानमन्त्रीज्यू समक्ष राखेको थिएँ’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीको उक्त कदमपछि गुमनाम बसेको बेला नेम्वाङको एउटा भिडियो भाइरल बनेको थियो । त्यसमा उनले भनेका थिए ‘प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न पाउँदैन’ । यो भिडियोले उनलाई निकै विवादमा फसेको थियो ।