सुवास नेम्वाङले बोली फेरे - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

सुवास नेम्वाङले बोली फेरे



इलाम । महाधिवेशनपछि केपी शर्मा ओलीबाट टाढा रहेका भनिएका एमाले नेता सुवास नेम्वाङले बोली फेरेका छन् । यसअघि ओलीले संसद विघटन गरेर गल्ति गरेको भनेका नेम्वाङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन ठीक भएको बताएका छन् ।

नेकपा (एमाले) उपाध्यक्ष समेत रहेका सुबास नेम्बाङले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरिदिएको भए मुलुकले नयाँ जनप्रतिनिधि पाइसक्ने उनले बताए।

एमाले इलामको दशौं जिल्ला अधिवेशनमा नेम्बाङले भने, “अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेका हुन्थे। तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरूको कारण देशमा यस्तो अवस्था सिर्जना भयो। न संसद् चल्यो, न सरकारले नै काम गर्न सक्यो।”

सत्तारुढ पाँचदलीय गणबन्धनको आयु सकिएको भन्दै उनले गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको दाबी गरे। कुनै मान्यताबिनै गठबन्धन बनेको टिप्पणी गरेका नेम्बाङले अदालतसमेत डिफर्म हुन लागेको र यो परिस्थितिको कारक सत्ता गठबन्धन र सरकारको भएको आरोप लगाए।