प्रधानमन्त्रीको कदम र चुनावबारे नेम्वाङले मुख खोले - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

प्रधानमन्त्रीको कदम र चुनावबारे नेम्वाङले मुख खोले



इलाम- नेकपा केपी ओली पक्षका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको चुनावबारे मुख खोलेका छन् ।

इलाममा बिहिबार आयोजित नेकपा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मध्यावधी निर्वाचन र प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमबारे मिउख खोलेका हुन् ।

उनले प्रधानमन्त्रीलाई संसद विघतन गर्न पाउने अधिकार भएको भन्दै आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् ।

लामो समय गुमनाम बसेका नेम्वाङले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन् । कार्यक्रममा बोल्दै नेम्वाङले वैशाखमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ नेता नेम्वाङले भने, ‘सर्वोच्च अदालतले यसबारेमा अन्तरमि आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।’

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने उनले बताए ।