नेजस भारतले किन स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएन? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेजस भारतले किन स्वर्गीय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएन?



योगेन्द्र गौतम 

हिजो अर्थात् चैत्र ७ गते  क्रान्तिका  नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सातौ स्मृति दिवस विश्वका जन सम्पर्क समितिहरुले स्मृति सभा राखी स्वर्गीय कोइराला प्रति श्रद्धाञ्जली अर्पित गरेर स्मरण पनि गरे । नेपालका हरेक जिल्लामा कोइरालाको स्मृति दिवस मनाएका समाचारहरू आए । नेपाली काँग्रेसले पनि नेपालका पचत्तहर जिल्ला र विदेश स्थित जन सम्पर्क समितिहरूलाई स्मृति दिवस मनाउन र स्वर्गीय कोइराला प्रति श्रद्धा सुमन अर्पण गर्न पत्रचार गरयो ।

नेपाल र विदेशमा स्वर्गीय कोइराला प्रति श्रद्धा सुमन अर्पण गर्दै स्मृति दिवस मनाउदा छिमेकी देश भारतमा जन सम्पर्क समितिले भने स्वर्गीय कोइरालालाई स्मरण गर्न सकेन आखिर कमजोरी  कस्को ? नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेलाई नेपाली काँग्रेसको नीति र निर्देशन भन्दा आफ्नै स्वार्थ महत्त्वपूर्ण पछिल्लो समयमा देखिएको छ    । वाहाबाट स्वर्गीय कोइरालाको स्मृति दिवस मनाउन कुनै पनि क्षेत्रलाई पत्रचार गरेको पाइएन । किन पार्टी र समिति प्रति उत्तरदायित्व छैनन् जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे ।

के उनि नेजसको खोल ओडेर व्यक्तिगत स्वार्थमा डुबेका त छैनन् ? कि कांग्रेस भएको आफुले बिर्सिएका हुन् ?वा उनले  अन्य पार्टीको  सदस्यता लिए त ?