नेकपामा 'प्रचण्ड' लोकप्रिय ,ओली कमजोर! - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

नेकपामा ‘प्रचण्ड’ लोकप्रिय ,ओली कमजोर!



काठमाडौं– नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘हावी’ भएका छन् । बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए ।

पार्टी एकताको दिन (जेठ ३०) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए ।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक । तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो ।

दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे । त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए । अबको पार्टी नेता आफू भएको सन्देश दिए ।अन्नपूर्ण पोस्टबाट