नेकपालाई अरिगांल र मौरीजस्तै पार्टी बनाउने हो:बिडारी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपालाई अरिगांल र मौरीजस्तै पार्टी बनाउने हो:बिडारी



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद रामनारायण विडारीले ‘पार्टी अरिगांल र मौरीजस्तै बन्ने’ बताएका छन्।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै विडारीले संविधानलाई ढुंगा हान्ने, आगो लगाउनेलाई अरिंगाल बनेरै प्रतिकार गर्ने बताए। उनले भने, ‘अरिगांल र मौरीजस्तै पार्टी बनाउने हो।’ आफूहरु भेडाजस्तो नभएको बताउँदै उनले ‘आइलाग्ने माथि जाइलाग्ने निति’ अनुसारका काम गर्ने बताए।

संविधानको आलोचना गर्ने अधिकार रहेपनि संविधानको उल्लघंन गर्न भने नपाइने विडारीको तर्क थियो। बहालवाला मन्त्रीले नै संविधान उंल्लघन गरेको बताउँदै उनले भने, ‘मन्त्रीले जुलुसमा संविधानको विरुद्धमा बोल्नु संविधान उंल्लघन हो।’

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले राज्यलाई सघाउनुपर्ने उनको भनाइ थियो। राज्यभन्दा बाहिर न्यायपालिका नभएको बताउँदै उनले प्रश्न गरे, ‘न्यायपालिकामा असाध्यै राम्रो भएको छ? भ्रष्टाचार भएको जनताले बुझेका छन् त? कदापी छैनन्।’