नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

नेकपाका शीर्ष नेताबीचमै कित्ताकाटः बालुवाटारमै झोक्किएर हिँडे चार नेता



काठमाडौँ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ट नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी हुनुभएन । फाइल तस्बिर :