नेकपा भित्र किचलो बढ्दै,प्रचण्डको अभिव्यक्तिले तरंग - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेकपा भित्र किचलो बढ्दै,प्रचण्डको अभिव्यक्तिले तरंग



नेपाल कम्युनिस्ट पार्टी्भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ ।

पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ । अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो ।

पार्टीका नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ । कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ । पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।