नेकपाभित्र नारायणकाजीको आगो सल्केपछी... - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

नेकपाभित्र नारायणकाजीको आगो सल्केपछी…



काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य एवम् कानूनविद् रामनारायण बिडारीले प्रश्न गर्नेवित्तिकै  सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी क्षेष्ठले खल्तीबाट राजीनामा झिकी फन्केर हिड्न मिल्छ भन्ने प्रश्न गरेका छन् । विहीबार एक कार्यक्रममा बिडारीले सो प्रश्न गरेका हुन् ।

बिडारीले आफ्नो पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई पार्टीले प्रवक्ताबाट नहटाएको समेत स्पष्ट पारेका छन् । उनले भने,‘नाराणकाजीलाई हटाएको हो र ? होईन नि । नारायणकाजीलाई कुरा सोध्नपनि नपाईने ? के हो तिमीले त फलानोलाई गएर सुटुक्क भेटेछौं नि ? भनेर सोध्दा के भाको ? राजिनामा भन्न पाईन्छ ? त्योपनि गलत हो । हाम्रो पार्टीभित्रको कुरा थियो त्यो । बाहिर ल्याउनुहुँदैन थियो । राजिनामा दिएपछि बाहिर आयो ।’

नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका थिए ।  पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए ।

‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

अर्का अध्यक्ष प्रचण्डले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा कांग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेका थिए ।