नेकपा संग तत्काल एकता हुदैन :यादव(विज्ञप्ति सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपा संग तत्काल एकता हुदैन :यादव(विज्ञप्ति सहित)



काठमाडौँ । संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल एकता हुने सम्भावना नरहेको पार्टी अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन् ।

दुई पार्टीबीच एकता हुने भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा समाचार प्रचारित भएपछि पार्टीले बिहिबार विज्ञप्ति निकाल्दै त्यसको खण्डन गरेको हो ।

पार्टीले त्यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लेखेको छ,

संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्छ र विचार मिल्ने दल–पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ ।

तर, यस बीच फोरम नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै सम्भावना नरहेको अवस्था पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिँदैछ ।

विज्ञप्तिमा गलत समाचारहरुको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियत भएको भन्दै यसमा कुनै सत्यता नरहेको दाबी गरिएको छ ।