नेकपा प्रवेश गरेका पदम राई कारबाहीमा परे - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

नेकपा प्रवेश गरेका पदम राई कारबाहीमा परे



काठमाडौं -सत्तारुढ दल नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द विप्लव नेकपाका पोलिट्ब्यरो सदस्य पदम राईलाई विप्लव समूहले कारबाही गरेको छ ।

विप्लव नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीविरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै राईलाई कारबाही गरेको जनाएका छन् ।

प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रुपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन् झन् पार्टीको विरुद्ध अन्तरध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले साधरण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।’