नेकपाद्वारा ओली र प्रचण्डलाई कारबाहीको माग ! - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

नेकपाद्वारा ओली र प्रचण्डलाई कारबाहीको माग !



काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी (नेकपा)ले आफ्नो नामको अर्को पार्टी दर्ता भएको भन्दै प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार विज्ञप्ति निकाल्दै नेकपाले सञ्चारमाध्यमहरुमा सो पार्टीको अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल रहेको भनी प्रचार भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

नेकपाले सार्वजनिक गरेको विवरणमा सरकारका मानिसहरुबाट पनि यस किसिमको अभिव्यक्ति आइरहेको कारण यस विषयमा छानबिन गरी यस्तो कार्य गर्नेहरुलाई कारबाहीको माग गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टीको नाममा यसअघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ । निर्वाचन आयोगको नियममा दर्ता भइसकेको दलको नाम पुन: दर्ता हुन नसक्ने कानुनी व्यवस्था छ । यसबाट नेकपाले संविधानको उलंघन भएको भन्दै कारबाहीको लागि माग गरेको हो ।

विज्ञप्तिमा स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सरकारमै रहेका दलहरुवाट संविधान र कानुनको सोझै उलङ्गन हुनु र सम्वन्धित निकाय समेत मौन रहनुले नेपालको लोकतन्त्र र कानुनी मान्यताको उलङ्घन भएको उल्लेख गरिएको छ ।  नेपाल सरकार, राजनीतिक दलहरु र सञ्चारमाध्यमहरुलाई विपक्षी बनाउँदै नेकपाले सो कार्य रोकी संविधान र नागरिकको मौलिक हकको रक्षा गर्न आग्रह गरेको छ ।