लाखौंको चेक बाँडीरहेका नेकपाका नेतालाई स्थानीयले पक्राउ गरे - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

लाखौंको चेक बाँडीरहेका नेकपाका नेतालाई स्थानीयले पक्राउ गरे



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै आचारसंहिता उल्लंघन गर्दै विभिन्न गतिबिधि गरेको भेटिएको छ । उपनिर्वाचनको पूर्वसन्ध्यामा नेकपाका नेता-कार्यकर्ताहरु मौन अवधिमा पनि आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न अनेक प्रलोभन देखाइरहेका छन् ।

बाग्लुङ-२ (ख) मा पर्ने तमानखोला गाउँपालिका- १ बोङ्गादोभानमा पनि सत्तारुढ नेकपाका नेताहरुले आचारसंहिता विपरीत गतिविधि गरेका छन् । बागलुङ-२ (क) का सांसद चन्द्रबहादुर बुढाले शुक्रबार बोङ्गादोभान गएर आचारसंहिता विपरित विभिन्न विकासे आयोजना ल्याइदिने र आर्थिक सहयोग गर्ने प्रलोभन देखाएका छन् ।

स्थानीयले नेकपाका नेताहरुले मंसिर १६ गतेको मिति राखेर दुई लाख रुपैयाँको चेक दिँदै ५० थान विजुलीका खम्बा दिने आश्वासन दिएर जनमोर्चाका उमेदवारका लागि भोट मागेको बताएका छन् ।

मतदातालाई अनेक प्रलोभन देखाइरहेको अवस्थामा स्थानीयवासीले सांसद बुढाको गाडी नियन्त्रणमा लिएका छन् । उनी बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, नेकपा बाग्लुङका इञ्चार्ज बलावती शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख सल्लाहकार गोविन्द नेपालीलगायतका नेताहरुका साथ बोङ्गा दोभान पुगेका थिए ।