नेकपा माओवादी केन्द्र र एमाले लगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताद्वारा अनुमोदन :प्रचण्ड - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नेकपा माओवादी केन्द्र र एमाले लगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताद्वारा अनुमोदन :प्रचण्ड



काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र र एमालेलगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए ।

काठमाडौंकाे गोर्णेश्वरमा सोमबार तारेभीर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने र विकास निर्माणको युग सुरु गर्नु पर्ने बताए ।

प्रचण्डले भने, ‘एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमापछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं ।’

वामगठबन्धन र एकता प्रक्रियाले जनतामा आशा र उत्साह थपेको बताउर्दै प्रचण्डले अब एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकता प्रक्रियाबाट पछि हट्ने सुविधा आफूहरुलाई नभएको बताउ । प्रचण्डले भने, ‘७० वर्षपछि स्थायी सरकार बन्न लागेको छ । नयाँ सरकार बनेसँगै विकासले गति लिन्छ । र जनताका आधारभूत आवश्यकता पूरा गर्न वामगठबन्धनको सरकार इमानदार भएर काम गर्ने छ ।