नेकपामा खैलाबैला : प्रचण्डबिरुद्ध इश्वर पोखरेल - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

नेकपामा खैलाबैला : प्रचण्डबिरुद्ध इश्वर पोखरेल



काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाको सहमतिको बेलामा प्रधानमन्त्री वा पार्टी अधयक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपा शीर्ष नेताबीच ध्रुवीकरण सुरु भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्व माओवादी केन्द्रभित्र स्पष्ट धारणा छ । पूर्व एमाले समूहमा भने प्रचण्डको अभिव्यक्तिले खैलाबैला मच्चिएको छ ।

पार्टीभित्र बहुकेन्द्र सिर्जना गर्न नहुने पार्टी सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलको भनाई छ । नेता वामदेव गौतम भने ‘एक नेता एक जिम्मेवारी’को विधिअनुसार काम बाँडफाटको पक्षमा छन् ।

नेता पोखरेल जो प्रधानमन्त्री छ उही अध्यक्ष हुनुपर्ने वा अध्यक्ष जो छ उही प्रधानमन्त्री हुनेगरी एउटा मात्र केन्द्र बनाउनु पर्छ भन्ने अडानमा छन् ।

विगतको समझदारीलाई प्रचण्डले गलत समयमा बाहिर ल्याएको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।