नेकपा फुट सुरु- संगठनले एकतालाई नमान्ने - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

नेकपा फुट सुरु- संगठनले एकतालाई नमान्ने



काठमाडौं – पूर्वमाओवादी निकट मजदु संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हालै भएको एकता प्रक्रिया नमान्ने भएको छ ।

विधि, प्रक्रिया र पद्दतिविपरीत एकता गरिएको भन्दै गणेश रेग्मी नेतृत्वको महासंघले एकता नमान्ने चेतावनी दिएको हो । पूर्वएमाले र पूर्वमाओवादी निकट मदजुर संगठनबीच केही दिनअघि एकता भएको थियो । संयोजक पूर्वएमालेबाट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र सह–संयोजकमा पूर्वमाओवादीको ट्रेड युनियनका महासचिव जगत सिंखडा तोकिएका थिए ।

तर, विधिमा एकातिरका अध्यक्ष संयोजक हुँदा अर्कोतिरका अध्यक्ष सह–संयोजक हुने तय भए पनि त्यसलाई तोड्ने काम भएकाले स्वीकार नगर्ने रेग्मी समूहको भनाइ छ । रेग्मी नेतृत्वको असन्तुष्ट समूहले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा कमजोरी भएकाले नमान्ने भन्दै ज्ञापनपत्र बुझाएको छ । रेग्मीले पार्टीले तय गरेको एकतासम्बन्धी नीति र विधिविपरीत तथा मजदुरहरुको अहितमा रहेकाले स्वीकार गर्न नसकिने बताए ।