आलेको अडियो प्रकरणमा नेकपा एसले भन्यो - नक्कली पनि हुन सक्छ, छानबिन गर्दैछौं - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

आलेको अडियो प्रकरणमा नेकपा एसले भन्यो – नक्कली पनि हुन सक्छ, छानबिन गर्दैछौं



नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।

मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो आज विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले भारतमा रहेका एक नेपालीलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका छन् ।

‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने प्रवक्ता खतिवडाले बताए । अडियो–भिडियोको सत्यतथ्य बुझेपछि आलेमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने खतिवडाले बताए ।