नेकपा एमाले माफियाहरुको पार्टी :अधिबक्ता अर्याल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेकपा एमाले माफियाहरुको पार्टी :अधिबक्ता अर्याल



काठमाडाैँ । अधिबक्ता अाेम प्रकाश अर्यालले नेकपा एमाले माफियाहरुको पार्टी भएको बताएका छन् । अधिवक्ता अर्यालले एमाले अध्यक्ष केपी शर्मा अाेली हत्यारा भएकाे अाराेप लगाउँदै राजिनामा दिन माग गरेका छन् । उनले अदालतले ओलीलाई हत्यारा भएको पुष्टी गरेको बताउँदै नैतिकतामाथि पनि प्रश्‍न खडा गरेका छन् ।

”तपार्इँले २०२८ सालमा मान्छेकाे गर्धन छिनाउनुभएकाे छ । तपार्इँलार्इ हामीले हत्यारा भन्न सक्छाैँ । तपाईँ अदालतले हत्यारा पुष्टी गरेकाे मान्छे हाे । तपाईँकाे नैतिक चरित्र के छ हामीलार्इ थाहा छ” अधिवक्ता अर्यालले भने ।

ओली भ्रष्टाचारी भएको बताउँदै राज्य कोषको दोहन गरेको बताए अर्यालले भने, ”तपाईँले कति भ्रष्टचार गर्नु भएकाे छ, राज्य काेषकाे दाेहन गर्नुभएकाे छ, यो छर्लङग छ ।” उनले अाेली पार्टी अध्यक्ष समेत हुनका लागि नैतिकता नभएकाे मान्छे भएकाे समेत बताए । झापा बिद्राेहमा अाेलीले ९ जनाकाे हत्या गरेकाे अर्यालले दाबी गरे ।

एमाले अध्‍यक्ष ओलीले डा. गाेबिन्द केसीकाे अान्दाेन्लनलार्इ अबमूल्यन गरेकाे भन्दै डा.केसीको समर्थनमा गरिएको प्रदर्शनमा बोल्दै अधिवक्ता अर्यालले भने, ”गाेबिन्द केसीकाे अान्दाेलनलार्इ जसरी खिसिटिउरी गरिरहनुभएकाे छ तपाईँकाे कुर्सीबाट तपार्इँलार्इ हत्याउँछाैँ हामी ।” उनले एमाले माफियाहरुको पार्टी र अध्यक्ष ओली माफियाहरुको नाइके भएको अारोप समेत लगाए ।

अधिबक्ता अर्यालको अाक्रोस यतिमा रोकिएन । एमाले अध्‍यक्ष ओलीले केसीको अान्दोलनमलाई कमजोर बनाउन भूमिका खेलिरहेको अारोप अर्यालले ठेगान लगाउने चेतावनी समेत दिए । उनले अगाडि भने, ”हामीले एकपछि अर्काे खलपात्रहरूलार्इ ठेगान लगाउँदै अाएका छाैँ अब केपी अाेलीलार्इ पनि ठेगान लगाउँछाैँ ।”

अधिवक्ता अर्याल डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि थालेको आन्दोलन र त्यसको बलमा ल्याइएको ऐनको मस्यौदाकार पनि हुन् ।