नेकपा एमाले द्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार ! - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

नेकपा एमाले द्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार !



काठमाडौ। नेकपा एमालले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार पारेको छ । मापदण्ड अनुसार यसअघिका तीनवटा निर्वाचनमा उम्मेदवार नभएको व्यक्ति हुने पर्ने छ ।

एमालेले यस वर्ष सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन उम्मेदवार नबनेका एवं समानुपातिक सूचीमा नाम समावेश नभएका व्यक्तिलाई मात्र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन भएको छ ।

एमाले सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिस विधि तय गरेको एक नेताले जानकारी दिए ।

एमाले माथिका मापदण्ड बाहेक अरु जस्तैसंविधानको बमोजिम योग्यता पुगेको, पार्टीमा लामो योगदान गरेको, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको पनि हुनु पर्ने बताएको छ ।

त्यसैगरी, थप मापदण्डमा भौगोलिक र सामाजिक सन्तुलन, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु उम्मेदवार बन्न सक्ने व्यक्तिलाई राष्टियसभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ । यी मापदण्डका आधारमा आगामी माघ ५ गतेभित्र उम्मदेवारहरुको नाम सिफारिस गर्नुपर्नेछ । प्रदेश संगठन कमिटीले नाम सिफारिस गर्नुपर्ने छ ।

त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा एमाले प्रशिक्षण दिने भएको छ । प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले मिलाउनुपर्ने एमाले सचिवालयको बैठकले निर्णय गरेको छ ।