नेकपा निकटका विद्यार्थी नेताहरूको धन्दा, चार लाख लिएको भिडियो सार्वजनिक (भिडियो) - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

नेकपा निकटका विद्यार्थी नेताहरूको धन्दा, चार लाख लिएको भिडियो सार्वजनिक (भिडियो)



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका विद्यार्थी नेताहरूले भक्तपुरएको एउटा प्राविधिक कलेजमा आन्दोलनको बहाना गरेर चार लाख रुपियाँ असुलेको रहस्य बाहिर आएको छ ।

सीटीइभीटी सानोठिमीबाट अनुमति लिएर सन्चालनमा रहेको भक्तपुर टेक्निकल कलेजसँग पूर्वमाओवादी निकट हाल नेकपाका विद्यार्थी नेताहरूले चार लाख लिएको खुलासा भएको हो ।

कलेजसँग पैसा बुझनेमा सत्तारुढ अनेरास्ववियु सीटीइभीटीका राष्ट्रिय अध्यक्ष रमेशसिंह ठकुरी, सीटीइभीटी अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नुर्वु लामा, महेन्द्र हमाल रहेका छन । ठकुरी र लामाले क्याम्पस सन्चालिका शिलु मल्लसँग पैसा लिन महेन्द्र हमाललाई पठाएका थिए ।

हमालले भक्तपुरको कौशालटारस्थित तन्दुरी क्याफे नामक रेष्टुरेन्टमा कलेज सन्चालिका मल्लसँग चार लाख बुझेको भिडियो सार्वजनिक भएको छ ।

कलेजसँग चार लाख रुपियाँ लिएको भिडियो र फोन वार्ता लिक भएपछि अनेरास्ववियुका नेताहरूले कलेज सन्चालकलाई सीटीइभीटीको कार्यालय भक्तपुरठिमीमा कुटपिट गरेका छन ।

विद्यार्थी नेताहरूले पत्रकारलाई किन भनेको भनेर कुटपिट गरेका हुन । कुटपिट गर्ने विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ नै नगरी छाडिदिएको छ ।

कलेज अनमीको १८ महिने कोर्स पढाउँदै आएको छ । कलेजमा ४२ जना विद्यार्थी छन ।

कलेजले महँगो शुल्क लिएको भनेर विद्यार्थीलाई भडकाएर जर्बजस्ती आन्दोलन गर्न लगाइ विद्यार्थी नेताहरूले कलेज सन्चालकसँग बार्गेनिङ गरेर चार लाख रुपियाँ लिएर आन्दोलन स्थगित गर्ने सहमति गरेको अडियो र भिडियो रेकर्ड सबै सार्वजनिक भएको छ ।