नेकपा बाँकेमा लफडा ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपा बाँकेमा लफडा !



नेपालगञ्ज– कार्यदलले सिफारिस गरेको व्यक्तिसँगै पार्टी अध्यक्ष प्रचण्डको निर्देशनमा अर्का व्यक्तिको नाम जिल्ला संयोजकका लागि घुसाएपछि नेकपा बाँकेमा हचलल मच्चिएको छ।

पूर्व माओवादी केन्द्रको भागमा परेको जिल्ला संयोजकका लागि कार्यदलले अक्कलबहादुर बमको नाम सिफारिस गरेको थियो। प्रचण्डकोे निर्देशनमा चन्द्रकान्त सुवेदीको नाम समावेश गरिएको छ। सुवेदीको नाम केन्द्रबाटै परेपछि पूर्व माओवादीका नेताहरु आक्रोशित भएका छन्।

संयोजकको विवाद पूर्व माओवादीमा भएजसरी सचिव पाएको पूर्वएमालेमा पनि असन्तुष्टि पोखिएको छ। पार्टीका नेता बामदेव गौतमको निर्देशनमा पूर्व जिल्ला सचिव गोपाल गिरीलाई सचिव बनाइएको एमाले नेताहरु बताउँछन्। एमाले विघटन हुनुअघि जिल्लाको पदाधिकारीमा रहेका व्यक्तिलाई पाखा लगाइएको छ। सचिवका लागि जिल्लाबाट दौडधुप गरेका अरु व्यक्तिहरु पनि जिल्लिएका छन्।

नेकपाले शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन रहेको सिफारिस समिति बनाएको थियो। समितिले बाँकेको संयोजकमा बम र सचिवमा गिरीको नाम सिफारिस गरेको थियो। यद्यपि, पार्टीका स्थायी कमिटि या सचिवालयले संयोजक र सचिवको टुंगो लगाउने नेताहरुले बताइरहेका छन्।