यी विषयमा छलफल गरी नेकपाको सचिवालय बैठक सम्पन्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यी विषयमा छलफल गरी नेकपाको सचिवालय बैठक सम्पन्न



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रिय सदस्यहरुलाई अधिकार दिने, पार्टी सुदृढीकरण गर्ने र पार्टीलाई अब सामूहिक नेतृत्वमा लैजानुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा दुई अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजना समेटिएको नेकपाले वनाएको छ ।