नेकपाको आम्दानी मासिक १० करोड, कसरी भयो ? - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

नेकपाको आम्दानी मासिक १० करोड, कसरी भयो ?



पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने देखिएको छ ।

पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको आजको अन्नपुर्ण पोष्टले यो खबर छापेको छ ।

समाचार अनुसार ‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुुराम भुुसालको भनाई छ ।