स्थानीय तहमा पनि नेकपाको संसद - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

स्थानीय तहमा पनि नेकपाको संसद



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहमा पनि पार्टी संसदीय दल बनाउने भएको छ ।

केन्द्र र प्रदेशमा संसदीय दल बनाइसकेको नेकपाले नयाँ संविधानअनुसार प्रदेश र स्थानीय तहमा पनि सरकार गठन भएको भन्दै सबै तहमा संसदीय दल सञ्चालन गर्न लागेको खबर आजको नयाँ पत्रिकामा छ ।

स्थानीय तहमा संसदीय दल सञ्चालनका लागि नेकपाले पार्टी विधानको धारा ५५ मा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय तह संसदीय दल गठन गर्ने व्यवस्था गरेको छ ।