नेजस बहराइनमा नयाँ कार्य समिति चयन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेजस बहराइनमा नयाँ कार्य समिति चयन



 

समीर प्रकाश पाण्डे / बहराईन चैत्र १२ 

नेपाली काँग्रेसको  भातृ संगठन नेपाली जन सम्पर्क समिति बहराइनको दोस्रो अधिवेशन बहराईनमा हिजो सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय  सदस्य चन्द्र भन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अथितिको रूपमा विद्यार्थी आन्दोलनका सशक्त जुझारु युवा नेता तथा नेबि सङ्घ महामन्त्री कुन्दनराज काफ्ले ,नेपाली जन सम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे ,जन सम्पर्क समिति साउदी अरबका संरक्षक राजु शैयद र बहराईनमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

पदम सुन्दर गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ जसमा:

उपसभापति – रवि पुडासैनी
उपसभापति – शंकरमान गुरुङ
महामन्त्री – सूर्य थापा
सहमहामन्त्री – अनिल श्रेष्ठ
सहमहामन्त्री – माधव हरि पाण्डे
सहमहामन्त्री – रामु खनाल
कोषाध्यक्ष – बिष्नु भुजेल
सह-कोषाध्यक्ष – दिया मल्ल
केन्द्रीय सदस्य -आसिम महत
” ” -दीपेन्द्र कुवर
” ” – उमा पौडेल
” ” – धनन्जय जोशी
” ” – राजु भन्डारी
” ” – अशोक तामाङ
” ” – प्रकाश पाठक
” ” – मिना नेपाली “रिजास”
” ” – राजु बागदास
” ” – दीपक विश्वकर्मा

रहेका छन् ।नव निर्वाचित महामन्त्री सूर्य थापाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमका सभापति सेर बहादुर रावतले विभिन्न बाधा र अवरोध परिस्थितिको बाबजुत पनि तोकिएको समयमा अधिबशन सम्पन गराउन सफल भएकोमा सबै नेपाली काँग्रेसमा आस्थावन बहराईनमा कार्यरत साथीहरूलाई धन्यवाद दिँदै एक जना उपसभापति प्रवक्ता अनि तिनजना सदस्य सभापतिबाट पछि मनोनीत गरिन्ने गरी कार्यक्रम समापन भएको धोषणा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले नेपालमा चलिआएको र चलिरहेको राजनीतिक विषय वस्तुमा लामो अनुभव साट्दै नेपाली काँग्रेसले सबैको भावना समेट्दै देश विकासमा अघि बढाउने विदेशमा रहेर दुख पाउनु भएका श्रमिकलाई आफूले सधैँ सहयोग गर्ने बताउँदै नयाँ पधाधिकारीलाई प्रमाण पत्र साथमा सफल कार्यकालको शुभकामान दिनु भएको थियो।