नेजस पश्चिम भारत क्षेत्रको डाण्डा शाखा पुनर्गठन - Himal Post Himal Post
  • १३ बैशाख २०८२, शनिबार
  •      Sat Apr 26 2025
Logo

नेजस पश्चिम भारत क्षेत्रको डाण्डा शाखा पुनर्गठन



नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र अंतर्गत खार डाण्डा शाखा को पुनर्गठन गरिएको छ । शाखा अध्यक्ष टेकराज बोगटीको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति चैन गरेको छ जसमा । अध्यक्ष टेकराज बोगटी (रोयल )र सचिवमा ओपेन्द्र रोधन खड्कालाई सहमतिबाट निर्वाचित गरिएको छ । साथै पन्द्र सदस्य कार्य समिति पनि चयन गरिएको छ ।

उपाध्यक्षमा वीर ब सुनार , कोषाध्यक्ष सुरेश ब साउद ,सह सचिव रमेश परिवार , प्रचार सचिवमा राजेन्द्र घर्ती ,सङ्गठन सचिवमा अभिषेक परियार , खेलकुद सचिवमा झंकर परियार , स्वास्थ सचिवमा हरिश कु बडैला कार्यकारी सदसस्यहरू कालु सिह बोगटी ,राम ब परियार राम ब कामी, गगन सिंह बोगटी ,हरिश कुवंर ,सरस्वती रावल  ,गङ्गा देवी कुवंर ,हरिना बलायर, बुद्धि सिंह टमट्टा प्रमुख सल्लाहकार रन सिंह बोगटी रहनुभएको छ।14508594_1785911081666946_14696388_n

उक्त शाखाको गठनमा प्रमुख अथिती समिति का संस्थापक सदस्य देवी सिङ्ग खडका हुनुहुन्थियो भने बरिस्ठ अतिथमा क्षेत्रीय अध्यक्ष मीन बाहादुर बोहरा केन्द्रीय उपाध्यक्ष हर्क ब साउद केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रुपेश कुवंर फोर्ट साखाअध्यक्ष लक्ष्मण कुवंर वरिष्ठ नागरिक सूर्य ब कुवर बान्द्रा शाखा कोसाअध्यक्ष कमाल लगाएतको गरिमामय उपस्थिति थियो साथै शाखाका सदस्य हरूको विशाल उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि ज्युले ने ज स को बारेमा केही मार्गदर्शन दिदा सथिहरू भाबुक भयका थिए । नेपाली जन सम्पर्क समिति भारत जन नायक बि पी कोइरालाले सन १९७६ मा यस पश्चिम भारत क्षेत्र मुम्बैमा स्थापित गर्नु भयको थियो जुन आज सभारतको हर सहर देखी संसारका देशहरूमा स्थापित भयको छ ।

आज यस मुम्बई क्षेत्रमा बि पीको बिचार र समाजवादी चिंतनबाट हजारौँ हजार रोजगारदाता नेपाली हरुको आस्था र विश्वास छ समितिमा । प्रमुख अथिति खडकाले सो भेलालाई मार्गदर्शित गरदै भनेका थिए प्रवासमा आज एक मात्र ने ज स यस्तो सङ्गठन हो जसले प्रवासमा रहेका नेपाली जनता हरुको हक हित सुरक्षा र न्याय का निमित्त कटिबद्ध भयर लागेको छ । उक्त अवसरमा निर्वाचित प्रतिनिधिहरूलाई क्षेत्रीय अध्यक्ष मीन बाहादुर बोहराले समितिको विधान सम्मत गोपनियताको सफत गराएका थिए ।