नेजस उत्तर भारतको जागरण अभियान सम्पन्न - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

नेजस उत्तर भारतको जागरण अभियान सम्पन्न



नयाँ दिल्ली – नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले राष्ट्रिय जागरण अभियान, भानु जयन्ती एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

नयाँ दिल्ली नजिकै गाजीयाबादमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिकी अध्यक्ष सुनिता जिसी कुँवरको सभापतित्व रहेको थियो भने कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय एवं जिल्ला स्तरीय नेताहरूको उपस्थिति रहेको थियो ।

पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डे, नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना, नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ र नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा उपस्थित नेताहरूले सङ्गठनलाई अझै मजबुत बनाउन आ-आफ्नो स्थानबाट सक्दो पहल गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए । समारोहमा नेकपा समर्थक प्रवासीहरू नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

नवप्रवेसीहरूलाई  नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले पार्टीमा प्रवेश गराएका थिए । समारोहमा नेजस उत्तर भारतका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण समेत गरेका थिए । नेजस उत्तर भारतका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो । गुल्मीका सुनिल थापाको प्रस्तुतिले सबै अतिथि र आगन्तुकहरुलाई छमछमी नचाएका थिए । दिल्ली एनसीआरका नेपाली काँग्रेस समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो ।