स्वीडेन र नेदरल्यान्डस विश्वकपको सेमिफाइनलमा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

स्वीडेन र नेदरल्यान्डस विश्वकपको सेमिफाइनलमा



एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएका हुन् ।

राओजोन पार्क रेनिसमा शनिबार राति भएको खेलमा स्वीडेनले खेलमा पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

१६औं मिनेटमा लिना मागुलको गोलबाट जर्मनी खेलमा १–० ले अघि बढेको थियो । तर, जर्मनीको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा सोफिया ज्याकोभसनले बराबरी गोल फर्र्कासँगै स्वीडेन खेलमा फर्किएको थियो ।

दोस्रो हाफको शुरुमै स्टिना ब्लयाक स्टेनसले गोल गर्दै स्वीडेनलाई खेलमा २–१ को अग्रता दिलाइन् । त्यसपछि थप गोल निस्कन नसक्दा स्वीडेन २–१ ल्े विजयी हुन सफल भयो ।

अर्काे खेलमा नेदरल्यान्डस्ले इटालीलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

७०औं मिनेटमा भिभियानी मिडेमा र ८०औं मिनेटमा स्टेफानी भान डर ग्राक्टले गोल गर्दै नेदरल्यान्डस्लाई २–० को जित दिलाए ।

यससँगै महिला विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड र अमेरिका तथा दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।