नेबिसंघ र प्रहरी बीच झडप - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेबिसंघ र प्रहरी बीच झडप



मंगलबार बेलुका पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाली काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरे पछि पोखराका पृथ्वीनाराण क्याम्पस गेट अगाडि झडप भएको छ ।

मसाल लिएकी एक महिला माथि पुरुष प्रहरीले हस्तक्षप गरे पछि प्रहरी र विद्यार्थीबीच झडप भएको विद्यार्थीले बताएका छन् । नेविसंघकी विद्यार्थी नेतृ नमुना नेपाली र समिप केसीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको थियो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।

नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा लगाएका थिए ।

प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार र एक राउण्ड गोली हवाइ फायर गरेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिए । झडपमा दुई जना प्रहरी र २ विद्यार्थी घाईते भएका थिए ।