नयाँ वर्षमा नेविसंघ लेकद्वारा बालगृहमा सहयोग
बुटवल : नयाँ वर्षको अवसरमा नेविसंघ लुम्बिनी इन्जिनियरिङ कलेजले बालगृहमा खुसी बाँडेको छ । भैरहवा स्थित शिद्धार्थ बालगृहमा खानपिन तथा सहयोग कार्यक्रम गरी नयाँ वर्ष मनाइएको थियो ।
फरक तरिकाले नयाँ वर्ष मनाउन नेविसंघका पधादिकारीहरु बालगृहमा पुगेका थिए । त्यहाँ रहेका बालबालिकालाई खानपिन मनोरञ्जन तथा सहयोग गरिएको दीपक फौदाराले बताए । दिनभर नाचगान गरी बालबालिकासँग नयाँ वर्ष मनाउँदा नयाँ वर्षको दिन निकै रमाइलो महसुस भएको विद्यार्थीहरूले बताए ।
यसै गरी ३५ हजार रुपैयाँ बालगृहलाई सहयोग गरेको र आउँदा दिनमा पनि उक्त बालगृहमा पर्ने समस्यामा सहयोग गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।