नेबिसंघका नेता तथा कार्यकर्ताहरु माथि अनेरास्ववियुका विद्यार्थीहरुद्वारा आक्रमण
मोरङ । शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेबिसंघ) नेता तथा कार्यकर्ताहरु माथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वोबियू) का विद्यार्थीहरुले आक्रमण गरेका छन् ।
शिक्षकहरूले दोहोरो सुविधा लिन नपाउने भन्दै नेविसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले निकालेको बिरोध जुलुसमाथि अखिलका विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।
अखिलका विद्यार्थीहरुको आक्रमणबाट नेविसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, सुकुना बहुमुखी क्याम्पसका सभापती बिजय तोलाङ्गि , सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।