कांग्रेस पछी नेविसंघको बिजोग - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेस पछी नेविसंघको बिजोग



काठमाडौं ।

नेपाल विद्यार्थी संघको विवादले उग्र रुप लिदै जाँदा समानान्तर अभ्यास शुरु भएको छ। यसरी समानान्तर अभ्यास हुँदा अस्तित्वमा देखिएका तीन पक्ष मध्ये दुई पक्ष भिड्ने मुडमा देखिएका छन्। राष्ट्रिय मेलमिलापको दिवसमा अलग अलग कार्यक्रम गरेर विवादलाई सतहमा देखाएका उनीहरुले यो भिडन्त अब औपचारिक रुपमै देखाएका छन्।

नेपाल विद्यार्थी संघको लेटर प्याड र छापको समेत प्रयोग गरेर वाहिर सार्वजनिक भएको विवादसँगै काँग्रेसको भातृसंस्था नेविसंघमा पन्पिएको विवाद फुटेको छ। यो विवादले नेविसंघ एकपटक सांगठनिक अराजकतातर्फ जाने देखिएको छ। जस्ले पार्टीलाई हस्तक्षेप गर्न समेत आह्वान गर्ने देखिएको छ।

अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा र महामन्त्री कुन्दन राज काफ्ले सहकार्य गर्दै महाधिवेशनमा भाग लिएका थिए। अलग अलग समुहमा रहेका उनीहरु तीनैजना चुनावमा विजयी पनि भए। तर यो चुनावी एकता धेरै लामो टिकेन। अहिले देखिएको यो विवाद महर र थापा पक्ष र काफ्ले समुहको दुबै बीचमा देखिएको कार्यगत कमजोरीसँगै अब हुने महाधिवेशनको तयारीका रुपमा पनि हेरीएको छ।

यतिखेर नेविसंघको दुई समुहको नेतृत्व गर्ने महर र काफ्ले यि दुई नेताहरु आफू निकटको रहेका अनुसासन समितिका संयोजक मार्फत अनुशासनको डण्डा चलाएर नेविसंघमा आफ्नो अस्तित्वको लडाइमा उत्रिएका छन्।

नेविसंघ विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटीईभीटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले सोधेको स्पष्टिकरणको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले अनुशासन समितिको नाममा अर्को कदम चालेको छ ।

अध्यक्ष महर तथा उनले अनुमोदित गरेकी अनुशासन समितिका संयोजक सहमहामन्त्री अम्बिका चलाउनेले उपाध्यक्ष अधिकारी तथा सिटीईभीटी अध्यक्ष कर्ण ओली लगायतलाई कार्वाहीको डण्डा चलाएकी छिन्।

नेविसंघको विधान विपरित गतिविधि गरेको भन्दै उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिईभिटी अध्यक्ष कर्ण ओली लगायतलाई अध्यक्ष महर पक्षले स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समुहले अध्यक्ष नैन सिंह महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तिनदिनभित्र आफ्नो धारणा अनुसासन समितिलाई पेश गर्न पत्र काटेको छ । नेपाल विद्यार्थी संघका सह महामन्त्री एवं अनुसासन समितिका संयोजक राजेश रोनियारले दुई वटा छुट्टा–छुट्टै विज्ञप्ति निकाल्दै अध्यक्ष नैन सिंह महर र सहमहामन्त्री चलाउनेलाई तिनदिनभित्र आफ्नो धारणा अनुसासन समितिलाई पेश गर्न पत्र काटेका हुन् ।

अध्यक्ष महरले स्थानीय तह साथै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेविसंघलाई चलायमान नबनाउदा पार्टीले पराजय भोग्न पुगेको आरोप काफ्ले समुहले लगाइएको छ ।