नेविसंघ अध्यक्ष विरुद्ध पाँच उपाध्यक्षहरुको चेतावनी - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

नेविसंघ अध्यक्ष विरुद्ध पाँच उपाध्यक्षहरुको चेतावनी



काठमाडौं– 

नेपाल बिद्यार्थी संघका पांच केन्द्रीय उपाध्यक्षहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् ।

नैनसिंह महरले विधान विपरित पदको दुरूपयोग गर्दै गरेका निर्णयहरूमा नेपाल विधार्थी संघका केन्द्रीय उपाध्यक्षहरूले संयुक्त विज्ञप्ति मार्फत् विरोध जनाएका छन्।

उक्त विज्ञिप्तिमा उपाध्यक्षहरूले अध्यक्ष महरले स्वेच्छाचारी र गैर जिम्मेवार ढंङ्गबाट गरेका निर्णयहरुप्रति खेद प्रकट गरेका छन्। अध्यक्ष महरलाई पटक पटक विधान मिचेर एकलौटी ढङ्गबाट सञ्चालन गरी संगठनलाई विवादित बनाएको आरोप उनीहरुले लगाएका छन्। साथै अध्यक्षले भावी दिनहरूमा विगतका गल्तीहरूलाई आत्मलोचना गरी सहमति र सहकार्यको बाटोलाई अवलम्बन नगरे संगठनको गरिमालाई जोगाउनको निम्ति आन्दोलन गर्न पनि पछी नहट्ने विज्ञिप्तिमा चेतावनी दिइएको  छ।

प्रकाश राना, खड्ग डाँगी, नविन राई, उर्मिला थपलिया र सागर परियारले संयुक्त विज्ञप्ति जारी गर्दै महरप्रति यस्तो आरोप लगाएका हुन्।