सुदूरपश्चिम प्रदेश नेकपा (एस)का दुई मन्त्रीले लिए सपथ - Himal Post Himal Post
  • २१ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 5 2025
Logo

सुदूरपश्चिम प्रदेश नेकपा (एस)का दुई मन्त्रीले लिए सपथ



कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार साझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएक हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।