नेकपा स्थायी कमिटी बैठक: के हुँदैछ आज ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेकपा स्थायी कमिटी बैठक: के हुँदैछ आज ?



काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (शनिबार) पनि बस्दैछ। आजको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बताइएको छ।

१० असारमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्षद्वयले आफ्नो भनाइ राखेका थिए भने दोस्रो दिन हिजोदेखि एजेन्डामा छलफल सुरु भएको छ।

हिजोको बैठकमा सीमाका विषयमा सदस्यहरूले बोलेका थिए। हिजोको बैठकमा १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

हिजोको बैठकको प्रारम्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक–पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए। मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनले पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरेको बताएका थिए। चीनले कुनै पनि नेपाली भूमि नमिचेको उनको दाबी थियो।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए। स्थायी कमिटी बैठकमा एमसीसी परियोजनाबारे पनि छलफल हुने कार्यसूची छ।