नेकपा बिभाजन हुन सक्दैन: निर्वाचन आयोग - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

नेकपा बिभाजन हुन सक्दैन: निर्वाचन आयोग



काठमाडौं- निर्वाचन आयोगले नेकपा बिभाजन हुन रोक लगएको छ । आयोगको आइतबार राति बसेको बैठकले सत्तारुढ नेकपालाई विभाजन हुनबाट रोकेको हो ।

आयोग बैठकले नेकपाको विवाद सुरु हुनुअघि जे जस्तो व्यवस्था थियो, त्यहीअनुसार कायम हुने निर्णय गरेको छ।

आयोगले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष दुवैको निर्णय विधानसम्मत र कानुनसम्मत नदेखिएकाले दाबी प्रमाणित हुन नसकेको ठहर गरेको छ।

आयोगको निर्णयअनुसार नेकपा विभाजित नभएका कारण कानुनी हिसाबमा पार्टी एक नै रहेको छ।

यसबारे आयोगले भोलि सोमबार दुवै पक्षलाई जानकारी गराउने जनाएको छ।

माधवकुमार नेपाललाई अध्यक्षका रूपमा आयोगले चिन्दैन, आयोगका एक अधिकारीले भने, महाधिवेशनले नयाँ अध्यक्ष नदिएसम्म नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल नै हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते एक्कासि प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र प्रचण्ड माधव नेपाल दुई खेमामा विभाजित छ। तर, यसको आधिकारिक निर्णय भने हालसम्म भएको छैन।